बीमाङ्कीय मूल्याङ्कन नियमित गरिने

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौँ, ११ फागुन । बुधबार राष्ट्रिय बीमा संस्थानले संस्थानको ५०औं वार्षिकोत्सवका अवसरमा जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ ।

आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बीमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो ।
बीमाङ्कनबाट बीमा व्यवसायमा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्य्दिशा लिन सहयोग पुग्नेछ ।

संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले जनाएको छ ।

संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा रु १५ अर्ब लगानी गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट