नगद कारोबारमा राष्ट्र बैंकको सीमा

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल

काठमाडौं, ११ फागुन । नगद कारोबारमा राष्ट्र बैंकको सीमा राखेको छ । पछिल्लो पटक राष्ट्र बैंकले नगद कारोबार सीमा घटाएर ३० लाख रुपैयाँमा झारेको हो र अब १० लाख रुपैयाँमा झार्ने प्रयास गरिरहेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालका अनुसार अब १० लाखसम्मको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था गर्ने तयारिदैँ छ । राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी रणनीति कार्यान्वयन गर्न सकिएमा सरकारको राजस्वमा ५० अर्बले वृद्धि हुने प्रक्षेपण समेत गरेको छ ।

सन् २०१४ मा यस्तो रणनीति निर्माण भइसकेको थियो र अब राष्ट्र बैंकले १० लाख रुपैयाँ माथीको कारोबार नगदमा प्रयोग गर्न नपाउने व्यवस्था गर्यो भने सरकारको राजस्वमा समेत वृद्धि हुने देखिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट