डाइबिटिज रोकथामका लागि उपयोगी करेलाको जुस

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

आजभोलि मानिसहरु आफ्नो सामाजिक प्रतिष्ठा बढाउनका लागि भोजभतेरतिर निकै सहभागी हुने गर्दछन् । खानपानका कारण अहिले वृद्धदेखि लिएर वयस्कहरु रोगको सिकार भई रहेका छन ।

शरीरलाई आराम नदिएर काम गर्दा साथै व्यायाम नगर्दापनि डाइबिटिज हुने सम्भावना हुन्छ । तर हामीले चाहे भने प्राकिृतिक उपायहरुद्धारा यसको रोकथाम गर्न सकिन्छ ।

करेला हामी प्रायले तरकारीको रुपमा खाँदैं आई रहेका छौँ । धेरैलाई करेला मन नपर्नेपनि हुन्छ । खाने बेला तितो भएपनि करेला स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । करेलाको सेवनले डाइबिटिजलाइ कसरी निको पार्छ जानौँ केही घरेलु उपाय ।

डाइबिटिजका बिरामीहरुले करेलाको जुस पिउँदा निकै फाइदाजनक हुन्छ । कतिपय मानिसहरुले त आधा लिटरसम्म या दुई तीन गिलास करेलाको जुसपनि पिउने गर्छन । तर करेलाको जुस खाने सही तरिका थाहा पाउँनु भएको छ कि छैन ?

डाइबिटिजबाट मुक्ति पाउनका लागि एउटा करेला, एउटा टमाटर र एउटा काक्रोसंगै यसमा नीमका पातहरुलाई मिसाएर जुस बनाई बिहान बेलुकी पिउँने ।

साँझ ४ देखि ५ बजेपछि करेलाको जुस सेवन नगर्ने । बिहान खाली पेटमा जुस सेवन गर्दा डाइबिटिजका बिरामीहरुलाई निकै फाईदा मिल्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट