बिराट एक्स्पोको सम्पूर्ण तयारी पूरा

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

बिराटनगर ९ फागुन । उद्योग संगठन बिराटनगरले विराटनगरमा आयोजना हुने कृषि तथा औद्योगिक प्रर्दशनी ‘बिराट एक्स्पो’को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

फागुन ११ देखि सुरु हुन लागेको ‘बिराट एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तयारी रहेको छ । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले कृषि तथा औद्योगिक प्रदर्शनीका लागि आवश्य सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।

सात दिन सम्म हुने बिराट एक्स्पोमा कृषि तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायीकरण, औद्योगिक उत्पादन, प्रविधिबारे जानकारी, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, उत्पादक र उपभोक्ताबीच सम्बन्ध विस्तार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानीमैत्री वातावरणको सिर्जना गराउने मुख्य उद्देश्य रहेको वताइएको छ ।

औद्योगिक उत्पादन तथा वस्तु, कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस, हस्तकलाका सामग्री, विद्युतीय सामग्री, घरायसी सामान, गार्मेन्ट, खाद्य पदार्थ मेलामा रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रोजगारी मेला, अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाको विभिन्न परिकार, वस्तुहरूको अलग-अलग पेभेलियन मेलाका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।

नेपालका अतिरिक्त भारत, चीन, बंगलादेश, पाकिस्तानका समेत औद्योगिक उत्पादन तथा सेवा गरी २ सय २० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा भारतका १६, बंगलादेशका १६ र चीनका ६ स्टल रहने आयोजकले जनाएको छ ।

त्यसैगरी मोरङ, सुनसरी, सप्तरी, झापा, सिरहा, उदयपुर, पूर्वाञ्चलबाट किसान तथा उद्योगीरव्यवसायीको सहभागिताका साथै छिमेकी मुलुक भारतको बिहार, पश्चिम बंगालका समेत गरी करिब ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट