विश्वकै डरलाग्दा एयरपोर्टहरु

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

१. मुत्युको बाटो, तेन्जिङ हिलारी एयरपोर्ट :


नेपालको खोलुखुम्बुमा रहेको तेन्जिङ एयरपोर्ट विश्वको सबैभन्दा डरलाग्दो एयरपोर्टहरुमा एक हो । अग्लो उचाइमा बनेको यो एयरपोर्ट चारैतिरबाट पहाडले घेरिएको छ । यहाँ रहेको एयरपोर्ट असाधै छोटो छ, जुन गहिरो खाई भएर उडान भर्ने गर्छ ।

२. चुचुराको खतरा,  कौरशेवेल एयरपोर्ट :


फ्रान्सको अग्लो पहाडमा रहेको यो एयरपोर्टमा नेपालको तेन्जिङ एयरपोर्ट जस्तै खतरनाक छ । बन्ड सीरीनको चर्चित फिल्म ट्मारो नेवर डाइज को केहि दृश्य यहिबाट लिइएको थियो ।

३. बर्फले छोपेको एयरपोर्ट, अन्टार्कटिका :


अमेरिकाको अन्टार्कटिका कार्यक्रमका लागि यो सबैभन्दा मुख्य एयरपोर्ट हो । यो कतिको दरो छ भन्ने कुराको अनुमान यसबाट पनि लगाउन सकिन्छ कि यहाँ ठूलो बोइंग ७५७ पनि ल्यान्डिङ गरिन्छ । ल्यान्डिङको समयका जहाज चिप्लने सम्भावना धेरै हुने गर्छ ।

४. छोटो र खतरनाक, अगाती एरोड्रोम :


लक्षद्धीप अगाती एयरपोर्ट आगाती द्धीपको दक्षिणमा बनेको छ र लक्षद्धीप को यो एक मात्र एयरपोर्ट हो । ४०० फिट लम्बाई भएको यो सानो एयरपोर्ट हेर्दा जती सुन्दर देखिन्छ त्यति नै यहाँ जहाज ल्यान्डिङ गर्न खतरनाक छ ।

५. दुबै तर्फबाट घेरिएको, मेदीरा एयरपोर्ट :


पोर्चुगल प्राकृतिक रुपमा यो एयरपोर्ट एकदम सुन्दर छ तर यहाँ ल्यान्डिङ र उडान भरनका लागि असाधै खतरनाक छ । यो एयरपोर्ट एक तर्फ पहाडले भरिएको छ । अर्को तर्फ समुन्द्रले घेरिएको छ । यहाँ मुख्य तया दुई ओटा मात्र रनवे छन् ।

६ . नजिकैबाट उड्छन् विमान, प्रिन्सेज जुलियाना इन्टरनेस्नल एयरपोर्ट :


सेन्ट मार्टिनमा रहेको एयपोर्टमा विमान असाधै नजिकबाट उड्ने गर्छन । जुन पर्यटकका लागि निकै आकर्षक केन्द्र हो । यहाँ ल्यानिडङ गर्ने समयमा हवाइजहाज पर्यटकहरुको टाउको माथिको १० देखि २० मिटर माथि बाट यड्ने गर्छ ।

७. साँघुरो बाटो, उआन्चो ई. यरसक्विन :


सबा द्धीप समूह नेदर ल्यान्डमा रहेको यो एयरपोर्ट छोटो हवाइ जहाजहरुका लागि मात्र हो । समुन्द्र नजिकै रहेको यो एयरपोर्ट ४०० मीटर लामो छ । सुन्दरताको कुरामा यो एयरपमेर्ट विश्वकै सुन्दर एयरपोर्टहरुमा एक हो ।

८. सडकमा गुड्दैं विमान, जिब्राल्टर एयरपोर्ट :


समतर भूमिको कमीले जिब्राल्टर एयरपोर्टको रनवे, एक व्यस्त सडक भएर उडान भर्ने गर्छ । यस सडकको विन्स्टर चर्चित एवेन्यूको नामबाठ परिचित छ । हरेक विमानको ल्यान्डिङगका बेलामा ट्राफिकलाई रोक्ने गरिन्छ । यो विश्वकै भिन्न तरिकाको एक अलग र अनौठो एयरपोर्ट हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट