मुटु धड्केको सुन्नुका साथैं देखिन्छपनि यी बालिकाको

प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

मस्को । हामी सबैलाई थाहा छ कि मुटु छातीमा धड्किन्छ, यसलाई मात्र अनुभव गर्न सकिन्छ । तर, रुसकी एक बालिकाको मुटु छातीभन्दा बाहिर देखिन्छ । यति मात्र हैन यी सात वर्षिय बालिकाको मुटु धड्केको पनि देख्न सक्नु हुन्छ ।

विरसाव्या नाम की यी बालिका अरु बालिका झैं खेल्ने, नृत्य प्रतियोगितामा सहभागी हुने गर्छिन । डाक्टरहरुका अनुसार यी बालिका ‘थोरैको एब्डोमिनल सिन्ड्रोम या पेन्टालोजी अफ कैंट्रेल’ रोगबाट ग्रसित छिन । यो रोग १० लाख बालबालिका मध्ये एक जनामा मात्र देखिन्छ ।

विरसाव्याले औलाले इशारा गर्दै ‘यो मेरो मुटु हो, म एक मात्र छु जसको मुटु यहाँनिर छ’ भन्दै कुरा गर्छिन । मुटुका कारणले विरसाव्याले स्कुल जान पाएको छैन, उनी आफ्नै घरमा बसेर पढ्ने गर्छिन । उनकी आमाले उनको हेरचाह गर्दै आई रहेकी छन ।

विरसाव्याको जन्म रुसमा भएको थियो । जन्मिदा उनको मुटुलाई देखेर डाक्टरहरु चिन्तित भएका थिए । डाक्टरहरुले उनकी आमालाई नराम्रो समाचार सुन्न तयार बस्नु भनेका थिए ।

विरकी आमाले पहिलो चोटि मुटु धड्केको देख्दा नयाँ अनुभव भएको बताईन । साथै उनलाइ विश्वास लाग्यो कि अब उनकी छोरी बाँच्नेछिन ।

यसपछि विरसाव्यालाई लिएर उनकी आमा अमेरिकाका डाक्टरहरुलाई भेट्न गईन ।

उनलाई आश थियो की सर्जरीबाट उनकी छोरीको मुटु सामान्य अवस्थामा पुगिन्छ भनेर । उच्च रक्तचाप भएका कारण डाक्टरहरुले सर्जरी गर्न अस्विकार गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट