मल अभाव हुँदा गहुँ खेती प्रभावित

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

वीरगन्ज, ६ फागुन । एक महिनादेखि रासायनिक मलको अभाव हुँदा जिल्लामा यस वर्ष गहुँखेती प्रभावित हुने भएको छ । वीरगन्ज उपमहानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले रासायनिक मल युरिया नपाउँदा गहुँखेती प्रभावित भएको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहुँखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले कृषि मन्त्रालयसँग मल अभावका विषयमा कुरा भइरहेको बताए ।

जिल्लामा करिब साढे तीन हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । सरकारले रासायनिक मलमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएपनि युरिया मलको अभाव भएपछि किसान भारतबाट आयात गरिएको कमसल मल प्रयोग गर्न बाध्य छन् ।

कम्पनीका अनुसार आव २०७२/७३ मा रु १८ करोड ९२ लाख ९३ हजारको १० हजार ५०० मेट्रिक टन युरिया, रु ४६ करोड ३७ लाख २७ हजारको १० हजार ३०५ मेट्रिक टन डिएपी र रु एक करोड ४१ लाख ३९ हजारको ४५९ मेट्रिक टन पोटास बिक्री भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट