आधुनिकीकरण बिना कृषिमा आत्मनिर्भरता असम्भव

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

काठमाडौँ, ६ फागुन । सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ ।

शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए। उनले युवा पुस्तालाई आधुनिक रुपमा कृषि पेसामा लाग्न आग्रह गरे ।

कृषि विकास मन्त्रालयका निमित्त सचिव ईश्वरी रिजालले उद्यमशील व्यक्ति सक्रिय भई स्वदेशमा नै यस्ता यन्त्र उत्पादनतर्फ लाग्नुपर्नेमा जोड दिए । नेपाल कृषि मेसिनरी व्यावसायिक सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठले कृषिमा उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिलाई यान्त्रीकरण गर्नुपर्ने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट