यूएईले वर्ष २११७ सम्ममा मंगल ग्रहमा पहिलो मानव बस्ती बसाउने

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

दुबई, ६ फाल्गुन । संयुक्त अरब इमिरेट्स यूएईले प्रदुषण रहित शहरपछि अब मंगल ग्रह तर्फ आफ्नो बाटो मोडेको छ । अब यूएईले मंगल ग्रहमा वर्ष २११७ सम्म पहिलो मानव बस्ती बनाउने योजना पेश गरेको छ ।

आगामी केही वर्षपछि मानिसहरुलाई यो रातो ग्रहको पनि यात्रा गराउन चाहन्छन् । यूएईका उप राष्ट्रपति एवम् प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मख्तूम र अबुधाबीका राजकुमार एवम् यूएईका उप सुप्रीम कमाण्डर शेख मोहम्मद बिन जायद अल नाहयानले आज एक सय वर्षको यो परियोजनाको बारेमा घोषणा गरे ।

यूएई सरकारले यस महत्वपूर्ण परियोजनाका लागि विशेषज्ञ अन्तर्राष्ट्रिय संगठन र वैज्ञानिक संस्थाहरुको सहयोग लिने छ । खाडी देश भएपनि धनी देश यूएईले राष्ट्रिय समुह बनाउने योजना बनाएको छ जसले आगामी केही दशकभित्र मानिसहरुलाई मंगल ग्रहमा लैजानमा वैज्ञानिक सफलता प्राप्त गर्नेछन् । दुबईमा विश्व सरकार शिखर सम्मेलनमा यो महत्वपूर्ण योजनाको घोषणा गरिएको हो ।

सम्मेलनमा १३८ सरकार , ६ प्रमुख अन्तर्राष्ट्रिय संगठन तथा विभिन्न प्रविधिका कम्पनीहरुका प्रतिनिधिहरु सहभागी थिए । शेख मोहम्मद बिन रशिदले अरु ग्रहमा जानु मानिसहरुको पुरानो सपना रहेको बताउँदै यूएई यो सपनालाई वास्तविकतामा परिवर्तन गर्न अन्तर्राष्ट्रिय प्रयासहरुलाई अझ बलियो बनाउँदै अगाडि बढ्ने बताए ।

भारतले आफ्नो मार्स मेशिनद्धारा मंगलयान पठाएको थियो । मंगलयान अहिले धर्तीबाट २० करोड किलोमिटरको दूरीमा एकदम सही अवस्थामा रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट