खाद्य संस्थानले फापर खरिद गर्ने

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

बाजुरा, ५ फागुन । नेपाल खाद्य संस्थान बाजुरा शाखाले  रैथाने बाली संरक्षण गर्ने योजनाले जिल्लाको उत्तरी भेगका ११ गाविसबाट रैथाने बाली फापर खरिद गर्ने भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठका अनुसार जिल्ला कृषि विकास कार्यालयको पहपल र सो शाखाको आर्थिक सहयोगमा कोल्टी डिपोबाट फापर खरिद गरिने छ ।

६० क्विन्टल फापर जिल्लाबाट आव २०७३-०७४ का लागि प्रतिकेजी रु ५५ का दरले खरिद गर्न कृषक वर्गलाई आग्रह गरिएको छ ।

उनले जिल्लामा उपलब्ध स्थानीय तथा रैथाने बाली प्रवद्र्धन गरी जिल्लाको खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुदृढ गर्न फापर खरिद गर्न लागेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट