सौराहा फुड फेस्टिबल सम्पन्न

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

चितवन, ५ फागुन । चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल सम्पन्न भएको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालका अध्यक्ष लालबहादुर भट्ट राजनका अनुसार यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

मङ्गलबार प्रेम दिवसका दिन सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले बताए । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर फुड फेस्टिबल आयोजना गरिएको थियो ।

फुड फेस्टिबलमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारू समुदायको परिकारमा दर्शक लोभिएका थिए भने दैनिक रुपमा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए ।

राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पँगेनी, प्रजापति पराजुली लगायतले प्रस्तुति दिएका थिए । फुड फेस्टिबलबाट करिब रु ५० लाखको कारोबार भएको अनुमान छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट