कसैसँग सम्झौता नगरी काम गर्न गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । सुरक्षा निकायका प्रमुखहरुलाई  कसैसँग सम्झौता नगरी काम गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले  निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सोमबार मात्र नयाँ जिम्मेवारी पाएकोमा निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि उनले निर्देशन दिए ।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि उनले निर्देशन दिएका छन् ।

गृह सचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई मंगलबार दिउँसो सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कुनै सम्झौता नगर्न भनेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट