असई बनाइ दिन्छु भन्दै पैसा असुल्ने पक्राउ

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, ३ फागुन । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले असई बनाइ दिन्छु भनि ठगी गर्ने मोरङका प्रेम पुरीलाई पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धान बिभागको असई पदमा जागीर लगाइदिने प्रलोभनमा ठगी गर्ने मोरङ बेलबाडीका पुरीलाई प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

उनले कञ्चनपुर पिपलाडिन ५ का दिपेन्द्र कार्कीसहित केहि व्यक्तिलाई प्रहरी सहायक निरिक्षक पदमा जागीर लगाइ नियुक्तिपत्र दिने भन्दै प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेका थिए ।

प्रहरीका अनुसार आरोपी पुरीले अरुलाई विश्वासमा पार्न जिविस सप्तरीको राजविराजस्थित कार्यालयबाट दजारी भएको गाविस सचिवको नक्कली स्थाई नियुक्तिपत्र दिँदै हिडेको तथा आइएमईबाट मात्र पैसा लिने गरेको भेटिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट