७ जना विज्ञ सदस्यको नियुक्ति

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, ३ फागुन । आज राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठकले ७ जना विज्ञ सदस्यको नियुक्ति गरेको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले विज्ञ सदस्य नियुक्त गरेको हो । नियुक्त विज्ञ सदस्यहरुमा प्रा.डा. योगेन्द्र बहादुर, प्रा.डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्ण छन् ।

जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई बैठकले संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट