सीईओ पोखरेललाई काम गर्न रोक्नु नपर्ने : सर्वोच्च

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, ३ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेललाई सर्वोच्च अदालतले काम गर्न बाटो खुला गरेको छ ।

तत्कालीन सीईओ सुशील ज्ञवालीले माग गरे अनुसार पोखरेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो । प्रारम्भीक सुनुवाईपछि अन्तरिम आदेश नदिएको सर्वोच्चले दुई पक्षको बहसपछि पनि पोखरेलको माग अनुसार अन्तरिम आदेश दिएन ।

ज्ञवालीले माग गरे अनुसार डा. पोखरेललाई काम गर्न रोक लगाउनु नपर्ने न्यायाधीश जगदीश शर्मा पौडेल र हरिकृष्ण कार्कीको इजलासले भनेको छ भने रिटलाई प्राथमिकतामा राख्न भनेको सर्वोच्चले जनाएको छ ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म पोखरेल नै प्राधिकरणको सीईओ हुने जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट