बैंकको रकम बैंककै कर्मचारीबाट चोरी भएको खुलासा

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

कैलाली, ३ फागुन । धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबाट हराएको २२ लाख ७० हजार बैंककै कर्मचारी गोविन्द उपाध्यायले चोरी गरेको पाइएको छ ।

उपाध्यायले आफैंले काम गर्ने बैंकबाट २२ लाख रुपैयाँ झोलामा हालेर आफ्नो भाउजूको घरमा परालमुनि लुकाएको अवस्थामा फेला परेको हो ।

कर्मचारीले चोरीको  योजना बनाएरै आफ्नै बैंकमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट