खर्च गर भनि दिएको पैसा पनि खर्च भएन

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, ३ फागुन । सरकारले लक्षित योजनामा पैसा खर्च गर भनि दिएको पैसा पनि खर्च हुन नसकेको भन्दै उप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले असन्तुष्टी व्यक्त गरेका छन् ।

मंगलबार उपप्रधानमन्त्री महराले गरिबी निवारण कोषको आगामी रणनितिमा महिलाहरुको आर्थिक क्षेत्रमा अभिवृद्धि गर्ने सम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै पुंजीगत खर्च गर्ने क्षमता नबढाएसम्म अपेक्षित आर्थिक विकासको अनुभुति गर्न नसकिने बताए ।

अर्थमन्त्रालयको ठुलो चुनौति नै पुँजीगत खर्चको रहेको भन्दै उनले पैसा खर्च नगर्नेहरुनै मन्त्रालयमा पैसा माग्न लाइन लाग्ने गरेको गुनासो गरे ।

मध्यपश्चिम र सुदुरपश्चिका महिला अझै बढी पीडीत रहेको भन्दै उपप्रधानमन्त्री महराले दातृ निकायलाई त्यस क्षेत्रमा बढी लगानी गर्न सुझाव समेत दिए ।

गरिबी निवारण कोषल देशको ५५ जिल्लाका २ हजार ९१ गाविसमा छरिएर रहेका ४ सय २५ सहकारी, १ हजार ६ सय ४५ महिला समुहमा काम गरिरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट