आफूखुसी सदस्य थपेको भन्दै पत्रकार महासंघमा तालाबन्दी

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौं, ३ फागुन । आफूखुसी जिल्लाहरुमा नयाँ सदस्य थपेको भन्दै कांग्रेससम्वद्ध पत्रकारहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण जिल्ला शाखाहरुको अधिवेशनसमेत प्रभावित भएको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वले सदस्यता वितरणमा धाँधली गरेको भन्दै कांग्रेस सम्वद्ध पत्रकारहरुको संस्था प्रेस युनियनले सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । तालाबन्दीकै कारण मंगलबारबाट शुरु भएका प्रदेश नम्बर ४ र ५ का केही जिल्ला शाखाहरुको अधिवेशन पनि अवरुद्ध भएको छ ।

पहिलो चरणमा साबिक पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुमा पत्रकार महासंघले अधिवेशन तोकेको थियो । अधिवेशनका लागि गएका केन्द्रीय प्रतिनिधिहरुले लगेको सदस्यता लिष्टमा जिल्लाबाट पठाइएका बाहेक केन्द्रबाट राजनीतिक आस्थाका आधारमा सदस्य थपिएको आरोप युनियनले लगाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट