बेल्जियमका समकक्षी रेयण्डर्स र परराष्ट्रमन्त्री महतबीच भेटवार्ता

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

बार्सिलोना, ३ फागुन । बेल्जियमका समकक्षी डीडीयर रेयण्डर्ससँग परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भेटवार्ता गरेका छन् ।

चार दिने भम्रणका क्रममा ब्रसेल्स आएका मन्त्री महतले सोमबार मध्यान्न उपप्रधान तथा युरोपियन मामिला समेत हेर्ने आफ्ना समकक्षी मन्त्री रेयण्डर्ससँग भेटवार्ता गरेका हुन् । बेल्जियमस्थित नेपाली दूताबासका अनुसार समकक्षीबीचको वार्तामा द्विपक्षीय हितका बिषयमा छलफल भएको जनाएको छ।

परराष्ट्रमन्त्री महतले भूकम्पपछि पुनर्निमाणको चरणमा रहेको नेपाललाई उचित सहयोग र समर्थनका लागि बेल्जियम सरकारलाई अनुरोध गरेका छन् । दुई देशका मन्त्रालयहरु बीच द्विपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सहमति भएको दूताबासद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै दुई मुलुकबीचको सम्बन्ध ,विकास सहयोग, ब्यापार,लगानी र पर्यटन क्षेत्रको विषयमा बृहत छलफल भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट