आज प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ हुँदै

प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, ३ फागुन । आजबाट  निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तको संसदीय सुनुवाइ सुरु हुँदैछ ।

आज दिउँसो १ बजेका लागि आयुक्तको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ विशेष समितिले  बैठक बोलाएको छ ।

निर्वाचन आयोगको आयुक्तका लागि संवैधानिक परिषद्ले सुधीरकुमार शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गरेको थियो ।

आज सुनुवाई गर्न लागेको समितिले सोमबार आयुक्तमाथि परेको उजुरीमा छलफल गरेको  हो । समितिमा एउटा मात्रै उजुरी परेको बताइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट