मेक्सिको सहरमा ट्रम्पविरुद्ध प्रदर्शन

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

एजेन्सी

मेक्सिको सिटी, २ फागुन । आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् ।

सो प्रदर्शन मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मेक्सिको झन्डा बोकेका प्रायः व्यक्तिले सेतो लुगा लगाएका थिए ।

जनताले मेक्सिकाली निकालेको यो जुलुस शान्तिपूर्ण रहेको थियो । एकजना प्रदर्शनकारीले बोकेको प्लेकार्डमा डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘तिम्रो साहासलाई विश्वका धेरै व्यक्तिले घृणा गर्छ भनेर लेखिएको थियो’। सो प्रदर्शनको क्रममा अमेरिकी राष्ट्रपतिलाई मेक्सिकोको सम्मान गर्न समेत माग गरिएको थियो ।

प्रदर्शनमा सहभागी व्यक्तिले अङ्ग्रेजी र स्पेनी भाषामा लेखिएको झन्डा बोकेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट