उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्योङ्गयाङ्ग, २ फागुन । सोमबार उत्तर कोरियाले आइतबार आफुले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ । सतहदेखि सतहसम्म मध्यम र लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएको बताइएको छ ।

सो परीक्षण उत्तरी कोरियाको वरिष्ठ नेता किम जोङग उनको दिशा निर्देशनमा भएका उत्तरी कोरियाली समाचार समिति केसीएनएले जनाकारी दिएको छ ।

सन् २०१७ को सुरुपछि उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र परीक्षण हो । साथै, उत्तर कोरियाको यस क्षेप्यास्त्र परीक्षण अमेरिकामा राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछिको पहिलो परीक्षणसमेत हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट