अवार्ड लिन पाइन्टबिना स्टेजमा गए एक्काइस पाईलट्सको जोडी

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

लस एन्जिलस, २ फल्गुन । एक्काइस पाईलट्सको जोडी ५९औँ ग्रैमी अवार्ड समारोहमा आफ्नो पहिलो ग्रैमी पुरस्कार लिन पाइन्ट नै नलगाएर  गएका छन् । स्ट्रेस आउट का लागि उनीहरुलाई उक्त पुरस्कार दिइएको हो ।

बेस्ट पप जोडी – ग्रुप प्रेजेन्टेशन क्याटगरीका लागि विजेताको नाम घोषण हुने वित्तिकै टेलर जोसफ र जोशन डनले सीटबाट उठेर आफ्नो पाईन्ट खोलेर कट्टुमा नै स्टेजमा गए ।

आफ्नो भाषणमा टेलरले भने यो कहानी केही वर्ष पहिले ओहायोको कोलम्बसमा सुरु भएको थियो । जोश आउनुअघि जब म संगीतबाट थोरै मात्र पैसा कमाउथे । उनले अगाडि भने ‘मैले उनलाई फोन गरेर सोधे के तिमी मेरो भाँडाको घरमा आएर ग्रैमी हेर्न चाहन्छौं’ ?

जब हामी ग्रैमी हेर्दै थियौं हामीले ध्यान दियौं कि हामी सबै कट्टुमा थिए र साच्चिँकै त्यो बेला हामी केही थिएनौं र जोशले मलाई ‘यदि हामीले पनि ग्रैमी समारोहमा गएर पुरस्कार जिते भने हामी यसरी नै अवार्ड लिन जाउँला’ भनेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट