कृषि व्यवसाय २०७३ सञ्चालन हुने

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौँ, २ फागुन । नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ ।

काठमाडौँमा सोमबार आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पुर्याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आयोजना गर्न लागेको बताए ।

कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रममा उद्यमीमाझ विशेष छलफल, भेटघाट कार्यशाला गोष्ठी, तालिम र मार्गनिर्देशको व्यवस्था गरिने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट