निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौँ, २ फागुन । विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

सोमबार छैटौं विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घले आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गरे ।

प्रधानमन्त्री दाहालले भने -आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु ।’ संविधान अनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउन सक्ने भन्दै उनले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट