बर्ड फ्लुको कारण दक्षिण कोरियामा ३.३० करोड कुखुरा नष्ट

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

सउल, २ फाल्गुन । दक्षिण कोरियामा बर्ड फ्लुको भयानक प्रकोपका कारण ३.३० करोड कुखुराहरुलाई नष्ट गरिएको छ ।

बर्ड फ्लु गत नोवेम्भरमा पहिलो पल्ट देखिएको थियो । समाचार एजेन्सी योनहैपका अनुसार गत शनिबार कृषि, खाद्य र ग्रामीण मन्त्रालयले देशमा शुक्रबारसम्म ३.३१ करोड कुखुरा मारेको बताएको छ ।

यो भन्दा पहिला २०१४ मा बर्डफ्लुका कारण १.४० करोड कुखुरा मारिएको थियो । बर्डफ्लुको पहिलो मुद्दा सउलको दक्षिण करिब ४२० किलोमिटर टाढा हेनामस्थित एउटा कुखुरा फर्ममा भेटिएको थियो ।

देशभरी नै करिब ३४० कुखुरा फर्ममा बर्डफ्लु देखिएपछि फेब्रुअरीको सुरुमा  भने यो प्रकोप आल कम भएको थियो तर सोमबार सउलको दक्षिण पश्चिममा करिब २६० किलोमिटर टाढा उत्तर जेओला प्रान्तको गिमजेस्थित एक कुखुरा फर्ममा फेरि बर्डफ्लु देखियो ।

कृषि मन्त्रालयका अनुसार अहिलेसम्म १४ वटा कुखुरा फर्ममा १,०९३ कुखुरा मारिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट