चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका बन्द

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

कञ्चनपुर, २ फागुन । कञ्चनपुरसँग जोडिएका सीमा नाका भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी ७२ घन्टाका लागि बन्द गरिएका छन् ।

फेब्रुअरी १५ तारिख अर्थात फागुन ४ गते  भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा हुने राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् ।

आज साँझदेखि  दोधारा चाँदनी र बेलौरी सीमा नाका बन्द हुने छन् भने बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छन् ।

फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।

भारतीय सुरक्षाकर्मीले  सीमा नाका क्षेत्रमा चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्रता दिएका छन् । भारत सरकारको आग्रहमा चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर सिमाना बन्द गरिएको बताइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट