बैशाख अन्त्य र जेठ सुरुमा स्थानीय चुनाव हुने

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौं, २ फागुन । आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

काठमाडौंमा छैठौं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय चुनाव हुने बताएका हुन ।

उनले भने स् निर्वाचन संविधान कार्यान्वयनसँग मात्र अन्तरसम्बन्धित नभएको र तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्ने, सबैलाई पहिचान र अधिकार दिएर सुदृढ राष्ट्रिय एकता हासिल गर्ने र स्वाधीनतालाई अझ बलियो पार्ने कुरासँग पनि सम्बन्धित छ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट