सिटी बसमा ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

चितवन, २ फागुन । ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप ग्लोबल मेट्रो सिटी बस प्रालि भरतपुरले निःशुल्क यात्रु कार्ड वितरण गरेको छ । भरतपुर उपमहानगरपालिका तथा नवलपरासीको गैंडाकोटका विभिन्न क्षेत्रमा विगत तीन महिनादेखि ग्लोबल मेट्रो सिटीले बस सेवा दिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा ग्लोबल मेट्रो सिटी बस प्रालिले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै २६ जना ज्येष्ठ नागरिकहरुलाई निःशुल्क यात्रु कार्ड वितरण गरेको हो । बृद्धबृद्धालाई यात्रा गर्न सहज होस् भन्दै सम्मान स्वरुप निशुल्क रुपमा कार्ड वितरण गरिएको ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्री अधिकारीले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बृद्ध आमाबुबाहरुलाई निशुल्क यात्रु कार्ड वितरण गरेका हुन् ।

अध्यक्ष अधिकारीका अनुसार अन्य बृद्ध बृद्धाहरुलाई ग्लोबल मेट्रो सिटी बसको मुख्य कार्यालय पोखरा बसपार्कबाट पनि कार्डको व्यवस्था गरिने छ । अधिकारीका अनुसार कार्ड प्राप्त गर्न नागरिकता तथा ज्येष्ठ नागरिक सदस्यता कार्ड हुनुपर्ने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट