पाल्पामा एक लाख ७१ हजार ८२८ मतदाता नामावली दर्ता

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

पाल्पा, २ फागुन । पाल्पाको जिल्ला निर्वाचन कार्यालयमा हालसम्म एक लाख ७१ हजार ८२८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ८२ हजार ३ सय ७७ पुरुष र ८९ हजार ४ सय ५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार १०९ पुरुष र एक हजार ५७१ महिला गरी जम्मा तीन हजार ६ सय ८० जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए ।

निर्वाचन कार्यालय पाल्पाले जनाए अनुसार जिल्लाका ६० गाविस र दुई नगरपालिका गरी ९० वटा केन्द्रबाट चरणबद्ध रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य गर्दै आएको छ । अहिले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत जुनसुकै बेला पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट