भरतपुरमा ‘फाइनान्स टास्क फोर्स’ को कडा सुरक्षा

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

चितवन, २ फागुन । बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ ।

चितवन प्रहरीका अनुसार सोमबारदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको हो ।

सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले यस्तो निर्णय गरेको थियो ।

सुनचाँदी व्यवसायीले यसअघि सुरक्षाको माग गर्दै  आन्दोलनको घोषणा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट