आज पाँचौं विश्व रेडियो दिवस

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौ, २ फागुन  । सन् २०१२ बाट मनाउन सुरु गरिएको विश्व रेडियो दिवसका आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सोमबार पाँचौं विश्व रेडियो दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउन स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले घोषणा गरेको थियो ।

नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायिक रेडियो प्रसारण सुरु भएको ९४ वर्ष भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट