अज्ञात समूहबाट त्रिवि शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौं, २ फागुन, । अज्ञात समूहबाट त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ ।

ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै रहेको बा २ च ५६५० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

प्रहरीले अहिले आगो निभाएको छ भने आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाडीभित्र शिक्षाध्यक्ष त्रिपाठी भने थिइनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट