प्रहरीले गोली चलाउँदा एक घाइते

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

रिपोर्टर नेपाल

कैलाली, २ फागुन, । झगडा मिलाउन गएको प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् ।

दुई पक्षबीच भएको झगडा मिलाउन आइतबार राति प्रहरीको गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर पथरैयास्थित भकरैयाका विरेन्द्र जैशी भाइते घाईते भएका छन् ।

पेटमा गोली लागेको घाइते जैशीलाई टीकापुरमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ ।

आक्रोसित समूहले झगडा मिलाउन पुगेका प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएको चोरीको मोटरसाईकलका विषयमा दुई समूहबीच झगडा भएको थियो । मोटरसाइकलबारे प्रहरीलाई खबर गरेको भन्दै एक समूहले अर्को समूहमाथि आक्रमण गरेपछि झगडा उग्र बनेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट