आईजीपी नियुक्तिमा मेरो संलग्नता छैन

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १ फागुन । नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

आइतबार विहान सत्तारुढ कांग्रेसका सभापति देउवाकै दबावमा सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो तर सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आईजीपी नियुक्ति विवाद अदालतमै पुगेपछि देउवाले मौनता तोड्दै एक विज्ञप्ति जारी गरेका छन् ।

उनले भनेका छन्, ‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट