व्यापारीसँग पैसा असुलि प्रहरी क्याम्प बनाइदैँ

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

कैलाली, १ फागुन । उपभोक्ता समितिले कैलालीको त्रिनगर सीमा नाकामा सशस्त्र प्रहरीको बेस क्याम्पको भवन निर्माण गर्न भारतबाट नेपाल फर्किरहेका व्यापारीबाट रकम असुलिरहेका छन् ।

सशस्त्र प्रहरीको बेस क्याम्प भवनको निर्माणका लागि रु २० लाख लाग्ने भन्दै समितिले नेपाली व्यापारीबाट रु १०० र रु ५० को रसिद दिएर रकम असुली गरिरहेको नेपाली व्यापारीले गुनासो छ ।

नेपालीलाई आवतजावतमा सहज होस् भन्नाका लागि नै सशस्त्र प्रहरीको बेस क्याम्प राख्न स्थानीयवासीको सक्रियतामा निर्माण समिति गठन गरिएको र उक्त समितिको निर्णयअनुसार नै रसिद दिएर रकम लिइरहेको उपभोक्ता समितिले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट