आवस्यक परे अर्को बलिदान गर्न पनि तयार

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौँ, १ फागुन । जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

आइतबार पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उनले उक्त कुरा बताएका हुन ।

‘जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी पर्यो भने अर्को बलिदान गर्न पनि तयार हुनुपर्छ ‘ प्रधानमन्त्री दाहालले बताए । उनले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्ने पनि जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट