सुन्तला जोनका रुपमा विकास हुदैँ स्याङ्जा

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

वालिङ, १ फागुन । स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने- ‘स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ,पहिलो चरणमा पुतलीबजार, भीरकोट नगरपालिका, एलादी, अर्जुनचौपारी र ठूलाडिही गाविसमा कार्यक्रम सञ्चालन हुनेछ भने बाँकी ठाउँमा दोस्रो चरणमा कार्यक्रम लैजाने छौँ ।’

नेपाल सरकार र चीन सरकारबीच २०७० सालमा स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार निर्यात गर्ने सम्झौताअनुसार काम अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख हमालका अनुसार दशवर्षको अवधिमा यहाँ उत्पादित सुन्तलालाई अझै गुणस्तरीय बनाउने, ग्रेडिङ गर्ने, प्याकेजिङ तथा भण्डारको व्यवस्था मिलाउने, कृषकलाई थप व्यावसायिक बनाउन तालिम दिने र उत्पादित सुन्तलालाई बजारीकरणको व्यवस्था मिलाइने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट