प्राथमिकताका साथ प्रजातन्त्र दिवसको महत्वलाई प्रचारप्रसार गरिने

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

काठमाडौँ, १ फागुन । प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताएका छन् ।

आइतबार ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका मनाउने सन्दर्भमा उनले सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफलमा त्यसो बताएका हुन ।

मन्त्री कार्की संयोजक रहेको उप–समितिको मन्त्रालयमा भएको छलफलमा उनले खास गरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रलगायत सरकारी मातहतका सञ्चार माध्यमबाट प्रजातन्त्रसँग सम्बन्धी सामग्रीलाई विशेष प्राथमिकताका साथ प्रकाशन-प्रसारण गर्न निर्देशन दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गठित मूलसमारोह समितिका सदस्य रहेका सूचना तथा सञ्चारमन्त्रीको संयोजकत्वमा प्रचारप्रसार उप–समिति गठन गरिएको छ ।

उप–समितिमा सञ्चार सचिव, काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला विकास समितिका प्रमुख, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, गोरखापत्र संस्थाका अध्यक्ष, रेडियो नेपालका महानिर्देशक, राससका अध्यक्ष, नेपाल टेलिभिजनका अध्यक्ष र प्रेस काउन्सिल नेपालका अध्यक्षलगायत मातहतका विभागीय प्रमुख सहभागी २२ सदस्य रहेका छन् ।

सरकारी सञ्चार माध्यमका साथै रेडियो, टेलिभिजन, पत्रपत्रिकालगातयका निजी क्षेत्रका सञ्चार माध्यमले पनि प्रजातन्त्रबारे सिर्जनात्मक ढङ्गले प्रकाशन-प्रशारण गर्नुपर्ने मन्त्री कार्कीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट