शक्तिशाली भूकम्पपछि पनि फिलिपिन्समा पराकम्प जारी

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

फिलिपिन्स,१ फागुन । शक्तिशाली भूकम्प गएको  दुइ दिन बित्दापनि दक्षिणी फिलिपिन्स सहरका हजारौँ वासिन्दाहरु अझैं सडकमा रहेका छन् । शुक्रबार गएको ६.७ रेक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारणहरुमा त्रास पैदा भएको छ ।

गत शुक्रबार मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी यस भूकम्पको कारण हजारौँ घरहरु क्षति तथा ध्वस्त भएका छन् ।

फिलिसिन्समा सन् २०१३ गएको ७.१ रेक्टर स्केलको भूकम्पमा परी २२० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो ।

राज्यको भूकम्प विज्ञान कार्यालयका अनुसार शुक्रबार आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्समा एक सयभन्दा बढी पराकम्प गइसकेको छ । यद्यपी अधिकारीहरुका अनुसार यस शक्तिशाली भूकम्पछि थप हताहतको भन्ने कुनै समाचार प्राप्त भएको छैन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट