चन्दलाई प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, ३० माघ । जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार विहान मात्र सरकारले डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्ण गरेको थियो ।

चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने गरेको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र ११ जना डीआईजीको कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट