अमेरिकालार्इ चुनौती दिदैँ उत्तर कोरियाले गर्यो मिसाइल परीक्षण

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

कोरिया, १ फागुन । उत्तर कोरियाले आइतबार एउटा बैलिस्टिक मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले जनाए अनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले यस्तो तरिकाको पहिलो परीक्षण गरेको हो ।

उत्तर कोरियाका रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाले अमेरिकी नयाँ राष्ट्रपति ट्रम्पको प्रतिक्रिया जान्नका लागि एउटा बैलिस्टिक मिसाइलको प्रक्षेपण गरेको छ ।

स्थानीय समयअनुसार मिसाइललाई ७ः ५५ मा लन्च गरिएको थियो । मिसाइलको दिशा पूर्वको जापानको समुन्द्र तर्फ फर्केको थियो । करिब ५०० किलोमिटर सम्म उडान भरेपछि मिसाइल समुन्द्रमा खसेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट