भेरी अञ्चल अस्पतालमा गंगालाल हृदयरोग केन्द्रको सेवा विस्तार

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १ फागुन । भेरी अञ्चल अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा विस्तार गरिने भएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाका अनुसार आइतबार विहान बसेको बोर्ड बैठकले सेवा विस्तारको निर्णय गरेको हो ।

बोर्ड बैठकले भेरी अञ्चल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिइएको छ । मन्त्री थापाले भने, १५-२० दिनभित्र सेवा विस्तार हुन्छ ।’

भेरीपछि गंगालालको सेवा जनकपुर अञ्चल अस्पतालमा विस्तार गर्ने योजना छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट