नेपाली ग्यास बुलेटलाई भारतले रोक्यो

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १ फागुन । नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई भारतले ग्यास ढुवानी गर्न जारी गर्नुपर्ने अनुमति रोकेको छ । त्यस कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन् ।

भारतले नेपाली उद्योगीले आफ्नै स्वामित्वमा रहने गरी भित्र्याएका बुलेटलाई बिष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित नगरिदिँदा नेपाली बुलेट ग्यास लिन जान नपाएको हो ।

नेपाल आयल निगमले एकैपटक भारतीय ग्यास बुलेट विस्थापित गर्ने निर्णय गरेपछि त्यसैको प्रतिक्रिया स्वरुप भारतले नेपाली बुलेटलाई बिष्फोटको खतरामुक्त रहेको ‘एक्स्प्लोसिभ’ सर्टिफिकेशन नगरेको हो । यस्तो प्रमाणित नभएसम्म भारतीय आयल कर्पोरेशनले ग्यास बुलेट र ट्यांकरमा तेल तथा ग्यास भर्दैन ।

भारतको पेट्रोलियम तथा एक्स्प्लोसिभ सेफ्टी अर्गनाइजेशनलाई नेपाल आयल निगमले झण्डै ३ महिनाअघि नै नेपाली नम्बर प्लेटको बुलेटलाई यस्तो अनुमति दिन आग्रह गर्दै पत्राचार गरेको थियो । तर, भारतकै बनेर आएका नेपाली बुलेटलाई अझै भारत सरकारले ‘एक्स्प्लासिभ’ प्रमाणित गरेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट