विप्लवले पार्टीको नामबाट माओवादी हटाउने

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १ फागुन । नेकपा माओवादीको नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीको नामबाट ‘माओवादी’ शब्द हटाउने भएको छ ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र प्रस्ताव गरिएको छ । पार्टीको पथ प्रदर्शक सिद्धान्त भने मार्क्सवाद, लेनिनवाद र माओवादलाई लिइएको छ ।

मोहन वैद्य र विप्लव मिलेर प्रचण्ड नेतृत्वको माओवादीबाट क्रान्तिकारी नेकपा ९माओवादी० नामको नयाँ पार्टी खोलेका थिए तर, वैद्यबाट पनि अलग भएर विप्लवले दुई वर्ष अघि अलग्गै ‘नेकपा माओवादी’ नामको पार्टी बनाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट