चितवनमा फुड फेस्टिबल सुरु

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

चितवन, १ फागुन, । शनिबारदेखि चितवनको सौराहामा ११औं ‘सौराहा फुड फेस्टिबल-२०७३’ सुरु भएको छ ।

क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसनद्धारा आयोजित फेष्टिवलको शनिबार संस्कृति तथा पर्यटन राजय मन्त्री इन्द्र बानियाँले उद्घाटन गर्दै देशमा स्थायित्व आएसगैँ पर्यटन क्षेत्रको विकास द्रुत गतिमा अघि बढ्ने बताए ।

फेष्टिवलका संयोजक नरेश गिरीका अनुसार फेष्टिवलको अवसरमा व्यवसायीहरुले खाना तथा आवासमा १५ प्रतिशत र सामान खरिदमा ३० प्रतिशत छुट दिइएको छ । त्यस्तै हात्ती सफारीमा पनि छुट दिईएको जानकारी दिए । प्रेमीप्रेमिकालाई दिइने उपहार खरिदमा ३० प्रतिशत छुट दिइएको उनको भनाइ छ । प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको छ । फेष्टिबलमा ६० भन्दा बढी खानाका स्टल राखिएको छ ।

पर्यटन प्रर्वद्धन गर्दै समग्र चितवनको विकास गर्ने उद्देश्यसहित शनिबारदेखि सुरु भएको फेस्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरिने छ । फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको छ ।

पाँच दिनसम्म चल्ने फेस्टिबलमा करिब ५० लाख रुपैयाँको कारोबार हुने लक्ष्य लिइएको फेस्टिबलका आर्थिक संयोजक गोकर्ण गिरीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट