बुटवल क्याम्पसमा विद्यार्थी संगठनबीच झडप

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

रुपन्देही, १ फागुन । बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नासमबन्धी विवादका कारण विद्यार्थी संगठनबीच झडप भएको छ ।

शनिबार राति एमालेनिकट अनेरास्ववियु र अरु विद्यार्थी संगठनबीच भएको झडपमा अनेरास्ववियु क्रान्तिकारीका सचिव गणेश खनालसँगै नेविसंघका ऋषिराम भण्डारी र लक्ष्मण अधिकारी घाइते भएका छन् ।

नेविसंघका कार्यबाहक सभापति कृष्ण खनालका अनुसार अनेरास्ववियुले प्रशासन खोलेर नयाँ विद्यार्थी भर्ना गर्न खोजेपछि झडप भएको हो । झडपपछि नेविसंघ र क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

फागुन १४ गते हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले शुक्रबारसम्म भर्ना भएका विद्यार्थीलाई मात्र मतदाता नामावलीमा समेट्ने भएपछि अनेरास्ववियुले रातारात नयाँ विद्यार्थी भर्ना गर्न खोजेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट