उपचारका लागि इजिप्टबाट मुम्बई पुगिन संसारकै मोटी महिला

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

संसारकै सबैभन्दा धेरै तौल भएकी इमान अहमद आफ्नो उपचारका आशा लिएर भारत आई पुगेकी छिन । करिब ५०० किलो वजन भएकी इमान इजिप्टको राजधानी मिश्रकी बासिन्दा हुन ।

एलिफेन्टाइसिस नामको दुर्लभ बिमारीको शिकार भएका कारण उनको तौल यति धेरै बढ्न गएको हो । अब मुम्बईको सैफी अस्पतालका डाक्टर लकडांवाला र उनको टिमले ३६ वर्षकी इमानको बैरिएट्रिक सर्जरी गर्नेछन् । यसको लागि इमान करिब तीन महिनासम्म भारतमा बस्नुपर्ने हुन्छ ।

अधिकतम तौलका कारण इमानलाई विशेष विमानबाट मुम्बई ल्याईदैंछ । उनलाई मेडिकल सुविधासंगै एक विशेष ट्रकका माध्यमबाट अस्पताल पुर्याईनेछ । इमान करिब २५ वर्षदेखि घरबाट बाहिर निस्केकी छैनन् ।

इलाजका लागि संसारभरी नै प्रयास गरी सक्दा भारतका डाक्टरहरुले यो चुनौतीलाई स्वीकार गरेका हुन ।

उनलाई भारतसम्म ल्याउनका लागि कुनै एयरलाइन्सहरु तयारी थिएनन् । डा. लकडावालाले विदेशमन्त्री सुष्मा स्वराजसंग ट्विटरमा सहयोग मागे अनि सुष्माले इमानलाई मेडिकल भिसा दिन मदत गरिन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट