आँखा तलको कालो घेराले गर्दा चिन्तित हुनुहुन्छ ?

अब अपनाउँनुहोस यी घरेलु उपाय

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

डार्क सर्कल यानी आँखाको तल कालो हुनुका पछाडि धेरै कारणहरु हुन सक्छन् । धेरै तनाव, निन्द्रा नपुग्नु, हार्माेनमा परिवर्तन हुनु, सही तरिकाको जीवनशैली नहुँदा र वंशाणुगतका कारणले पनि आँखाको तल कालो घेरा बस्ने हुन्छ ।

कतिपय सौन्दर्यका सामग्रीहरुपनि बजारमा पाइन्छन, उनीहरुले आफ्ना उत्पादनहरु प्रयोग गर्दा कालो घेरा कम गर्ने दाबीपनि गरेका हुन्छन् । यदि तपाईको छाला संवेदनशील छ भने यो तपाईका लागि खतरनाक साबित हुन सक्छ । यस्तो बेला केही घरेलु उपायहरु अपनाएर डार्क सर्कल हटाउन सकिन्छ ।

१. आँखाको तल कालो घेरा हटाउनका लागि टमाटर एउटा राम्रो उपाय मानिन्छ । टमाटर हामी सबैको भान्सामा दिनहँु प्रयोग भई रहेको हुन्छ । टमाटरले प्राकृतिक रुपमा डार्क सर्कल हटाउन मदत गर्छ यसको प्रयोगले तपाईको छालापनि फ्रेश भई राख्छ । टमाटरको रसलाई कागतीको केही थोपासंग मिलाएर लगाउँदा निकै छिटो फाइदा हुन्छ ।

२. आँखाको तल कालो घेरा हटाउनका लागि आलुको प्रयोगपनि गर्न सकिन्छ । आलुको रसलाई पनि कागतीको केही थोपा रससंग मिलाएर कपासको मदतबाट आफ्नो आँखाको तल लगाएर डार्क सर्कल हटाउन सकिन्छ ।

३. चिसो भएको चियापत्तिलाई पोको बनाएर केही समय पानीमा डुबाएर राख्ने । त्यसपछि यसलाई चिसो बनाउन फ्रिजमा राखी दिने । केही समयपछि यसलाई निकालेर आँखामाथि राखेर पल्टिने । तपाईले दैनिक १० मिनेट यो प्रक्रिया गर्दा निकै लाभ मिल्नेछ ।

४. आँखा तलको कालो घेरा हटाउनका लागि चिसो दूधको लेप लगाउँन सकिन्छ ।

५. हामीले खाने सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिस्ने । यो पाउडरमा थोरै गुलाब जल मिसाएर लगाउँदा कालो घेरा हटाउन सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट