दाहाल–भट्टराईबीच राजनीतिक अवस्थाबारे छलफल

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

काठमाडौँ, २९ माघ ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच छलफल भएको छ ।

आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी सहज रुपमा अगाडि बढाउने भन्ने बारेमा  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन नै पहिलो सर्त भएकाले निर्वाचन गर्न सरकार लागि परेको बताउँदै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईलाई  प्रधानमन्त्री दाहालले आग्रह गरे । डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताए ।

साथैं डा भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्नपनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट